निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँट

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रही नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) द्वारा निष्कासित “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९” नामको हरित ऊर्जा ऋणपत्रको बाँडफाँट गरिएको छ ।

५ अर्ब रकम बराबरको यस हरित ऋणपत्रका लागि ३.८ गुणा भन्दा बढी आवेदन परेको थियो । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई निष्कासन गरिएको थियो ।

एनआइएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भने, ‘नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नवीनता र दूरदर्शितामा आधारित हाम्रो सिद्धान्तको स्वाभाविक विस्तार हो ।’

आगामी दिनमा अझै यस्ता अर्थपूर्ण परियोजना ल्याउने उनले विश्वास दिलाए ।

७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रूपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *