सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

 

काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा बढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा “एक्सट्रयाक” इभेन्ट सम्पन्न गरे पश्चात दोस्रो संस्करण पर्यटनको मुटु पोखरामा यही मिति २०८२ जेष्ठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ । उक्त इभेन्टमा मोटरसाइकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

इभेन्टमा सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाइन गरी तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चितकाका साथै व्यावसायिक मार्सलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिप्स पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” बिहान १० बजेबाट शुरु हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चाहनु हुने इच्छुक महानुभावहरूले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ । सहभागिताका लागि इच्छुक राईडरहरुले चालक अनुमति पत्रका साथ सेप्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ ।

इभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बत्ताएको छ ।

उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकल प्रेमी युवा पुस्ताहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सी.जी. हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *