सभामुखसँग प्रचण्ड- रास्वपासँग सहमतिको भाषा मिलाएर आजै सदन खुलाउन लाग्छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सभामुख देवराज घिमिरेले सदन खुलाउने वातावरण बनाउन आग्रह गरेका छन् । संसद् अवरोध खुलाउने विषयमा सभामुखसँग भएको छलफलमा सभामुखले यस्तो आग्रह गरेका हुन् ।

सभामुखसँगको आग्रहपछि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर आजै निष्कर्षमा पुग्ने जवाफ दिएको सभामुख सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै आएको रास्वपासँग पनि छलफल गर्ने बताएका छन् ।

रास्वपाले सहमतिको लागि सत्तापक्षसँग ५ बुँदे प्रस्ताव अघि सारेको छ । प्रचण्डले त्यही प्रस्तावको सेरोफेरोमा रहेर भाषा मिलाउन फेरि विपक्षीसँग छलफल गर्ने बताए ।

सभामुखसँग भेट्नुअघि बसेको विपक्षी दलको बैठकले छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा रहेको निष्कर्ष निकालेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *