छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा, लगत्तै प्रचण्ड-सभामुख छलफल

काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

विपक्षी दलको बैठकपछि प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । त्यसअघि नेकपा एसका अध्यक्ष माधव नेपालसँग बेग्लै भेटेका थिए । दलहरु छलफलमा जुट्दा ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै अनिश्चित छ ।

रास्वपाले समिति गठनको लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *