काठमाडौं । लेखक तथा अनुसन्धानकर्ता महेश शमशेर राणाद्वारा लिखित चौथो कृति ‘जंग बहादुरको सेतो बाघ (तन्त्र पुस्तक चित्र)’ विमोचन गरिएको छ ।
पुस्तकले जा :मन गुबाजुदेखि जंगबहादुर राणासम्मको ५ सय वर्ष लामो तान्त्रिक परम्परालाई उजागर गरेको छ । तत्कालीन शक्तिशाली पात्रहरूद्वारा अभ्यास गरिएका तान्त्रिक विधिहरूको अध्ययन गरी चित्रणसमेत गरिएको छ ।
करिब ४० वर्षको सोधपछि संग्रहित कृतिमा १ सयभन्दा बढी दुर्लभ चित्र पुनः सम्पादन गरी प्रस्तुत गरिएको छ । नेपालको प्राचीन इतिहास, अध्यात्म र शक्ति-संस्कृतिको समिश्रण प्रस्तुत गर्ने यो कृति नेपाली तान्त्रिक परम्परामा रुचि राख्ने पाठकहरूको लागि संग्रह गर्नुपर्ने दस्ताबेज रहेको लेखक बताउँछन् ।

Leave a Reply