न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाल सिफारिस, संसदीय सुनुवाइमा पठाइँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषदको सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । नेपालको संविधानको धारा १५३ अनुसार एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।

यसअघि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त भएका रामप्रसाद भण्डारीको कार्यकाल यही असार ९ गतेबाट सकिने भएकाले नियमनासुर संसदीय सुनुवाइ प्रक्रियाका लागि आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयमा पठाउने भएको छ ।

यसअघिका भण्डारीको पनि नियुक्तिका बेला प्रधानमन्त्री ओली नै थिए । वरिष्ठ अधिवक्ता नेपाललाई न्यायपरिषद सदस्य नियुक्तिको प्रक्रिया अघि बढेको स्रोतले पुष्टि गरेको छ । नेपाल बारको सिफारिसमा यसअघि नै वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषदमा नियुक्त भइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *