काठमाडौं । लिम्बुवान आन्दोलनका नेता वीर नेम्बाङले दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलनका नेता सुवास घिसिङले नै नेपालबाट ग्रेटर लिम्बुवानको कुरा उठोस् भनेको खुलासा गरेका छन् ।
गोर्खाल्याण्ड आन्दोलन सफल नहुने भएपछि दार्जिलिङ लिम्बू फोरम फर लिम्बुवान, दार्जिलिङ गोरखा हिलका अध्यक्ष सीबी सुब्बा र नेम्बाङलाई दार्जिलिङ गोरखा पार्वत्य परिषदको सचिवालय लालकोठीमा बोलाएर यस्तो प्रस्ताव राखेको नेम्बाङले खुलासा गरेका हुन् ।
उनले सुवास नेम्बाङले बंगालको उपनिवेशता भन्दा मुलभूमि लिम्बुवानमा बस्न रुचि देखाएर यस्तो प्रस्ताव ल्याएको नेम्बाङले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सीबी सुब्बा र मलाई दार्जीलिङ गोरखा पार्वत्य परिषदको सचिवालय लालकोठिमा बोलाउनु भयो । र, सुवास घिसिङले हामीलाई भन्नुभयो, ‘दार्जिलिङबासीका निम्ति पश्चिम बङगालको औपनिवेशिकता र दासतामा बस्नु भन्दा मूलभूमि लिम्बुवानमा बस्नु कता हो कता हितकर हुनेछ । तसर्थ, तपाईहरु दार्जिलिङसहित ग्रेटर लिम्बुवान रिजनल अटोनमी दाबी गर्नु होस् । त्यसलगत्तै, १ जून, १९९२ मा लिम्बुवान मुक्ति मोर्चाको तर्फबाट मैले दार्जिलिङसहित ग्रेटर लिम्बुवान रिजनल अटोनमी दाबी गरेको थिएँ ।’
लिम्बुवान राजनीतिमा सक्रिय कुमार लिङ्देन नेतृत्वको पक्षधरहरुले वीर नेम्बाङले भारतमा गाभिने मनसायले ग्रेटर लिम्बुवानको कुरा गरेको आरोप लाउँदै गर्दा नेम्बाङले सामाजिक संजालबाट प्रतिवाद गरेका हुन् ।

Leave a Reply