काठमाडौं । अमेरिकी र चिनियाँ अधिकारीहरुको व्यापारिक मुद्दामा बेलायतमा जारी वार्तामा अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सकरात्मक सन्देश दिएका छन् ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार दुई दिन बेलायतको राजधानी लण्डनमा भएको वार्तापछि व्यापारिक डिल ‘डन’ भएको ट्रम्पले प्रतिक्रिया दिएका हुन् ।
उनले आफ्नै स्वामित्वको सामाजिच संजाल ट्रूथ सोसलमा लेख्लै चिनियाँ राष्ट्रपति सि र आफ्नो फाइनल हस्ताक्षर बाँकी भएको लेखेका छन् ।
अब चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयमा पढ्ने वातावरण र चीनबाट रेयर अर्थ खनिज अमेरिकाले लाने वातावरण मिलेको छ ।
विश्वका दुई सर्वाधिक शक्तिशाथी अर्थतन्त्रहरुको वार्ता सफल हुनुलाई धेरैले सकरात्मक रुपमा लिएका छन् ।
तर चीन र अमेरिकाको व्यापारिक लफडाबाट फाइदा लिन ढुकेर बसेका देशहरुलाई भने यो खबरले निराश बनाएको छ ।

Leave a Reply