काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्यार्थी संगठनका अध्यक्ष विश्वविद्यालयभित्र गुण्डागर्दी, तोडफोड, आगजनी, कुटपिट जस्ता अराजक गतिविधिमा संलग्नलाई सङ्गठनको सदस्यलाई तत्काल निष्कासन गर्न सुझाएका छन्।
विश्वविद्यालय भनेका अध्ययन/अध्यापन, अनुसन्धान तथा स्वस्थ बहस/छलफल गर्ने थलो भएको भन्दै यस्ता ठाउँमा अराजक गतिविधि वर्जित हुनुपर्ने बताए।
विश्वविद्यालयमा भएका अराजक क्रियाकलापका बारेमा लगातार समाचार आइरहनु सिङ्गो मुलुककै लागि लज्जाको विषय भएको बताए। उनले नेपाल प्रहरीका महानिरीक्षकलाई प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी हमला गर्नेहरूलाई अदालतले समेत कारबाही निर्देशन गरेको भन्दै कहिले गिरफ्तार हुन्छन् ? भन्दै प्रश्न उठाएका छन्।
विद्यार्थी संगठनका नामबाट संगठितरूपमा हुने अराजक गतिविधि रोक्न ४ बुँदे सुझाव दिएका छन्।
१. श्रीमान् उपकुलपतिज्यूहरू, यस्ता अराजक गतिविधिमा संलग्न विद्यार्थीहरूलाई तत्काल रेस्टिकेट गर्नुहोस् ।
२. कुनै विद्यार्थी संगठनका नाममा अराजक गतिविधि भएको छ भने सङ्गठनको नाम र संलग्नहरूको विवरण सार्वजनिक गर्नुहोस् अनि उक्त विवरण सम्बन्धित पार्टी कार्यालयमा पठाईदिनुहोस ।
३. अराजक गतिविधिमा संलग्नहरूको अपराध सहितको प्रतिवेदन तयार गरी कानूनी कारहीका लागि नेपाल प्रहरीलाई पठाईदिनुहोस ।
४. उपरोक्त कामहरू उच्च प्राज्ञिक चेत र विना पूर्वाग्रह भएका छन् भन्ने सुनिश्चितता गर्नुहोस् ।

Leave a Reply