दिलभूषणको पक्राउ पुर्जी खारेज गरियोस् : नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु निरङ्कुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविरोधी निन्दनीय कार्य भएको बताएका छन् ।

उनले भने, ‘यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु । पत्रकार मित्र दिल भूषण पाठकले प्रसारण गर्नुभएको समाचार तथ्य सत्यमा आधारित छ कि छैन स्पष्ट हुँदै जाला । सञ्चार माध्यममा कतिपय बेला अत्यन्त निराधार,गलत र गैर जिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ । त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ ।’

श्रेष्ठले सम्बन्धित समाचार गलत भने त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पक्राउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन नसकिने भन्दै यस्ता कार्य बन्द गर्न माग गरेका छन् ।

Comments

One response to “दिलभूषणको पक्राउ पुर्जी खारेज गरियोस् : नारायणकाजी”

  1. Raju Bikram Chamling Avatar
    Raju Bikram Chamling

    हार्दिक सलाम, माननीयज्यू
    सहि समयमा सही आवाज उठाउनु भएको छ । समचार गलत भए, त्यसलाई सोही किसिमको राज्यले कारवाही गर्न सक्छ । तर सत्यतथ्य छानविन नगरी सिधै पक्राउपुर्जी गर्नु गलत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *