संवैधानिक इजलासको बहुप्रतीक्षित फैसला आज आएन, न्यायाधीशको छलफल सकिएन

काठमाडौं । संवैधानिक इजलासले ५२ जना संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज नदिने भएको छ ।

न्यायाधीशहरुको छलफल नसकिएकाले अर्को मिति तोकिने जानकारी इजलास अधिकृतले गराएको अधिवक्ता अर्जुन खड्काले बताए ।

न्यायाधीशहरु इजलासमा नआएकाले अधिकृतले जानकारी गराएका हुन् । अब फैसला असार १८ गते हुने भएको छ ।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *