सरकारलाई माओवादीको चुनौती- भिजिट भिसाबारे प्रतिपक्षले उठाएको इस्यु बेठीक भनेर देखाओस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद सुचारु गर्न सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सदन चलाउन सरकार जिम्मेवार हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले बजेट पेश गर्न दियौँ । अब छलफल हुनुपर्छ, तर यो भिजिट भिसा प्रकरण आमजनताको इस्यु भइसक्यो । कि प्रतिपक्षले उठाएको इस्यु बेठीक छ भन्नुपर्‍यो । सही छ भने उहाँहरू तयार हुनुपर्‍यो ।’

सांसद पुनले आफूहरूले उठाएको मागमा सत्तापक्ष सकारात्मक रहेको विश्वास व्यक्त गरे ।

विपक्षीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै निरन्तर सदन अवरोध गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *