संवैधानिक इजलासको फैसलाअघि रिट निवेदकलाई किन बोलाइयो ?

काठमाडौं । संवैधानिक इजलासले ५२ जना संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिसम्बन्धी मुद्दाको फैसला गर्नुअघि रिट निवेदकमध्ये केही कानून व्यवसायीलाई बोलाएको छ । सोही मुद्दासँग सम्बन्धित कानून व्यवसायीलाई बोलाइएको हो ।

आज संवैधानिक इजलासले ४ वर्षअघिदेखि अड्किएको मुद्दाको फैसला गर्ने भनिएको छ । यसअघि संवैधानिक इजलासका ५ जना न्यायाधीशहरु दिनभर छलफलमा छन् । आजै फैसला आउने भएकाले रिट निवेदकहरुलाई बोलाइएको अनुमान छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।

याे पनि पढ्नुस्: भोलिको संवैधानिक इजलास हुँदैछ खास- संवैधानिक निकायमा आश र त्रास

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *