भारत लैजाँदै गरेका लाखौँका कृत्रिम यौन खेलौनासहित भारतीय गाडी नियन्त्रणमा

रुपन्देही । नेपालबाट भारततर्फ लैजान लागिएको करिब २४ लाख रुपैयाँभन्दा बढी मूल्यको कृत्रिम यौन खेलौना (सेक्स टोय) सहित एउटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

युके १८ सीए २५७५ नम्बरको भारतीय गाडीमा राखेर काठमाडौंबाट सुनौली हुँदै भारततर्फ लैजान लागिएको १ हजार ३ सय ६९ थान कृत्रिम यौन खेलौना रुपन्देही प्रहरीले पक्राउ गरेको हो । भैरहवा भन्सार नाका नजिकै भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत बाइपासबाट नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।

उक्त कृत्रिम खेलौना र गाडीसहित प्रहरीले गाडी चालक र सहयोगी भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको रामपुर थानाका ४५ वर्षीय नसिब अहमद रदेश र भारत उत्तर प्रदेश कन्नौउ जिल्ला पूर्वा गाउँ मंगत खडा थाना निवासी २६ वर्षीय देबेन्दर कुमार सिंहलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले प्रहरीले बिना बिलबिजकको ती सामान अवैध रूपमा भारत लैजान खोजिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।

पक्राउ गरिएका कृत्रिम यौन खेलौनाको मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । पक्राउ गरिएका सबै सामान, ट्रक र चालकसहितका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *