राजनीतिक नेतृत्वले काम नगर्दा बढेको असन्तुष्टिलाई आधार मानेर निरंकुशता फर्काउन खोज्दैछन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा असन्तुष्टि बढेको बताएका छन्।

मुस्ताङ जाने क्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ-तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रियामा देशका विभिन्न ठाउँमा पुग्दा जनताले सुशासन, समृद्धि र राजनीतिक स्थायित्व चाहेको बताए।

उनले सबैको सहकार्य र समन्वयमा अहिलेको व्यवस्थालाई सुधार गरेर लैजानुपर्ने धारणा राखे।

उनले भने, ‘राजनीतिक नेतृत्वले जनता केन्द्रित प्रभावकारी काम गर्न नसक्दा जनतामा केही हदसम्म असन्तुष्टि बढ्ने गरेको छ। जनताको असन्तुष्टिलाई आधार मानेर केही तत्त्व मुलुकलाई पुनः निरङ्कुशतातर्फ फर्काउन खोजिरहेका छन् । यसका विरुद्ध सबै गणतन्त्र पक्ष एकजुट हुनु जरुरी छ।’

जनतामा गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र हो भन्ने चेतना जागिसकेका देश अहिलेको व्यवस्थाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको दाबी गरे।

Comments

One response to “राजनीतिक नेतृत्वले काम नगर्दा बढेको असन्तुष्टिलाई आधार मानेर निरंकुशता फर्काउन खोज्दैछन् : प्रचण्ड”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    यिनका कुरा दोष लगाउनेभन्दा परको कहिल्यै भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *