श्रीमतीसँग झगडा हुँदा चितवनका एक व्यक्तिले आफ्नै घरमा आगो लगाए 

चितवन ।  चितवनमा एक व्यक्तिले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका छन् ।

 

भरतपुर महानगरपालिका वडा नम्बर २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालका अनुसार श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् ।

 

उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगो लगाएका कारण घर जल्दा  बीस हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *