नेपालगञ्ज र दाङमा हाउसफुल ‘जन्ते बाख्रो’, मोफसल यात्रामा टीम

काठमाडौं । गत जेठ २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

दर्शकबाट मिलेको उत्कृष्ट वडअफ माउथको प्रभाव हलमा देखिन थालेको निर्माता गौतम बताउँछन् । प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार सहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको टिम आज मंगलबारबाट मोफसल यात्रामा निस्केको छ ।

सिनेमाका निर्माता सन्तोष गौतमका अनुसार आज दाङ पुगेर दर्शक साक्षात्कार गरियो । भिएफएक्स सिनेमाज् दाङमा हाउसफुल दर्शकको साथ मिलेको छ । त्यहाँ अभिनेत्री गरिमा शर्मा र रुशा न्यौपाने पुग्दा सेल्फी र भिडियो तथा फोटो खिच्ने दर्शकको भिड देखिन्थो ।

मोफसलमा दर्शकको राम्रो साथ मिलेको भन्दै उनीहरुले खुशी समेत व्यक्त गरेका थिए । भोली बुधबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्ने तयारी रहेको निर्माता गौतमले जानकारी दिए ।

दाङ र नेपालगञ्जमा आज मंगलबारका सवैजसो शो हाउसफुल छन् । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमा पश्चिम नेपालमा सवैजसो ठाउँमा राम्रो व्यापार गरिरहेको छ ।

विशेषगरी दाङ, नेपालगञ्ज र धनगढीमा राम्रो व्यापार गरेको दाबी निर्माता गौतमको छ । दर्शकको राम्रो चाप देखिएकै कारण आफु कलाकार सहित पश्चिम नेपाल पुगेको उनको भनाई छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

सिनेमामा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन ९ट्राइडेन्ट कन्सेप्ट टिम० को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *