प्रदर्शनको ९० औं दिनमा ‘अन्जिला’ हेरेपछि सुदन किराँती : आँखा बन्द गरिरहेँ, आँसु झरिरह्यो

काठमाडाै‌ं । पूर्वमन्त्री तथा माओवादी नेता सुदन किरातीले चलचित्र ‘अन्जिला’ दु:खलाग्दो घटनाको प्रेरणदायी कथा भएको बताएका छन् । राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन अन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधरित यस चलचित्र किरातीले प्रदर्शनको ९० औं दिनमा हेरेका हुन् ।

चलचित्र हेरेपछि उनले फेसबुकमा लेखेका छन्, ‘पूर्वी पहाडी भेगको किराती समाजको यो कथा हेरिरहँदा म आफैलाई हेरिरहें, नदेखिकन पटक पटक देखिरहेँ । आँखा बन्द गरिरहें तर आँसु झरिरह्यो ।’

मिलन चाम्स निर्देशित यस बायोपिक सुपरहिट भइसकेको छ । चलचित्रले आठ करोडमाथि ग्रस कलेक्सन गरिसकेको छ । चलचित्र तुम्बापो स्वयंले अभिनय गरेकी छन् भने उनको साथमा दयाहाङ राई, सृजना सुब्बा, माओत्से गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र गत फगुन २९ बाट प्रदर्शन भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *