अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरले दियो तीन दिन बिदा

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले अत्यधिक गर्मी बढेपछि ३ तीन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै पूर्वप्राथमिक र मन्टेश्रीहरुसमेत गरी सबै विद्यालयहरु तीन दिन बन्द गर्ने निर्ण गरेको हो । अत्यधिक गर्मीको कारण भोलिदेलि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

सोही अनुसारमहानगरभित्रका सबै विद्यालयहरू बन्द गर्न नगर कार्यपालिकाले अनुरोध गरेको छ। साथै, गर्मीबाट बालबालिकालाई जोगाउन घरमै बस्न, अत्यधिक घाममा बाहिर ननिस्कन र प्रशस्त पानी पिउन अभिभावकहरूलाई आग्रह गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *