‘मोहर’को टिजर सार्वजनिक

काठमाडौं । आउँदो साउन २३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलबाट चलचित्रको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । एउटा अवतारमा पल लामो कपालमा देखिएका छन् भने अर्कोमा छोटो । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल कलाकार सारा शर्मासँग जोडिएको छ । त्यस्तै छोटो कपाल भएको पलको कथा नायिका नीति शाहसँग जोडिएको छ ।

फिल्म मेकर्स प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्रको निर्माता चुम्बनजंग शाही हुन् । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा पल शाह, अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधवदत्त पण्डित, गीता थापा, नवीन खतिवडा र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *