काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाले पार्टी छाडेका छन् । उनले आज बाबुरामको साथ छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोजे ।
माओवादी माओवादी केन्द्र पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहमा नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा १४ जनालाई प्रचण्डले स्वागत गरे ।
थापा बाबुरामले माओवादी छाडेर नयाँ शक्ति गठन गरेपछि उता लागेका थिए । प्रचण्डले आजै नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारीलाई पनि पार्टीमा भित्र्याएका थिए ।

Leave a Reply