अखिलको अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम प्रस्तावपछि बन्दसत्रमा नाराबाजी (भिडिओ)

काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै पदाधिकारीको केही नाम प्रस्ताव गरेको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दिपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् ।

पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न अध्यक्षमण्डलका नेताहरूलाई निर्देशन गरेसँगै ढकालले नेताहरूको सुझावको आधारमा यी नाम प्रस्ताव गरेका हुन् ।

तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दिपक धामीले चुनावको माग गरेका छन् । असन्तुष्ट पक्षले ‘सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेपछि अहिले बन्द सत्र स्थगित गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *