विराटनगर । इन्द्रपुर जेसीजको आयोजनामा जेसीआई नेपाल बिजनेस एकेडेमी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।
जेसीआई नेपाल २०२५ का राष्ट्रिय अध्यक्ष सेनेटर रजनी थापाको अध्यक्षतामा भएको तालिम कार्यक्रममा देशभरबाट ६८ जना सहभागी थिए । प्रमुख प्रशिक्षक निशा चण्डकले प्रशिक्षण सत्रको नेतृत्व गरेकी थिइन् भने अनुप मुंदडा र किरण केसी सहायक प्रशिक्षक थिए ।

समापन समारोहमा कांग्रेस कोशीकी प्रमुख सचेतक शोभा चेम्जोङ, राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ, प्रमुख प्रशिक्षण आयुक्त राजाराम गौतम, नियुक्त राष्ट्रिय उपाध्यक्ष उज्ज्वल काबरा र राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटालगायतका पदाधिकारी उपस्थित थिए ।
मुख्यमन्त्री कार्कीले नेतृत्व तथा व्यवसायिक विकासमूलक कार्यक्रम सञ्चालन गरेकोमा जेसीआई नेपालको प्रशंसा गरे ।

Leave a Reply