संसदको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको महेश बर्तौलाको दाबी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका हुन् ।

उनले सोमबार संसद बैठक अघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रुपमा सञ्चालन हुने गरि आइतबारको छलफल टुङ्गिएको उल्लेख गरे । बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिवद्धता जनाउने गरि छलफल अघि बढेको धारणा राखे ।

उनले दलहरुबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको उल्लेख गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *