विपक्षीको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि  स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलले अवरोध गरेपछि बै‌ठक स्थगित भएकाे हाे ।

विपक्षी दलका सांसदहरुले संसद सुरु हुने वितिकै  उठेर हाेहल्ला गरेर संसद अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले आइतबारको कार्यसूची हटाएका थियाे लगत्तै उनले बैठक स्थगित गरेका हुन् ।

त्यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक दुई पटक स्थगित भएर साँझ साढे ६ बजे  बसेकाे थियाे।

अर्को बैठक भोलि दिउँसो २ बजे बस्नेछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *