काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) निजी सचिवालयमा ६ जना मात्रै कर्मचारी कार्यरत रहेको पाइएको छ । महानगरपालिकाका अनुसार ६ जनामा जना कर्मचारी सातौ तहको अधिकृतदेखि कार्यालय सहयोगीसम्म कार्यरत रहेका छन् ।
जसमा पहिलो नम्बरमा स्वकीय सचिवका रुपमा भुपदेव साह सातौ तहमा कार्यरत छन् । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहका कर्मचारीले पाउने तलबमान अनुसार ४५ हजार ८५१ रुपैयाँ र ग्रेड सहित ५८ हजार ७५ रुपैयाँ मासिक रुपमा पाउँछन् ।
महानगरपालिकाको कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड, २०८० अनुसार तलब बाहके थप भुपदेवले दुई पाङग्रे एउटा सवारी साधन पाउने व्यवस्था छ भने पेट्रोल तथा डिजेल मासिक रुपमा बढीमा २० लिटरसम्म र सचिवालय प्रमुखको हैसियतमा २ हजार मासिक सञ्चार खर्च पनि पाउने व्यवस्था छ ।
दोस्रोमा विनय शाक्य फोटोग्राफरका रुपमा र नविन भण्डारी स्वकीय सहायकका रुपमा पाचौँ तहमा कार्यरत छन् । अर्थ मन्त्रालयको तलबमान अनुसार प्रदेश र स्थानीय तहमा कार्यरत सहायक पाँचौ तहको कर्मचारीले ३४ हजार ७३० शुरु तलब स्केल र ग्रेस सहित गरेर करिव ४६ हजार ३१० रुपैयाँ पाउँछन् ।
त्यो बाहेक पार्वती ओली र रेणुका गुरुङ प्रथम स्तरको कर्मचारीका रुपमा कार्यालय सहयोगीमा कार्यरत छन् । उनीहरुले २४ हजार ७०२ रुपैया शुरु तलब स्केल र ग्रेड सहित गरेर २६ हजार ३४८ मासिक रुपमा प्राप्त गर्छन । यस्तै महेश भण्डारी हल्ला सवारी चालक पदका कार्यरत रहेका छन् । उनले २७ हजार ६१२ रुपैयाँ सुरु तलब स्केल र ग्रेड सहित ३१ हजार २९२ रुपैयाँ मासिक तलब प्राप्त गर्छन ।
महानगरपालिकाले दिएको विवरण अनुसार ६ जना कार्यरत रहेको भए पनि महानगरपालिकाको वेवसाइटमा भने महानगर प्रमुखको सचिवालयमा १६ जना कार्यरत रहेका उल्लेख छ । महानगरपालिकाका अनुसार ६ जना बाहिरबाट नियुक्ति गरिएका कर्मचारी हुन् भने बाँकी सबै महानगरपालिकामा कार्यरत स्थायी कर्मचारी हुन् । जसमा सचिवालयका प्रमुखको जिम्मेवारीमा शान्ता पहाडी, अधिकृत सातौ स्तरमा प्रतिमा थापा, नगर प्रहरी निरीक्षक (पिएसओ) रामहरी कार्की, पिएसओ रबि गुरुङ, कम्प्यूटर अपरेटर नकुल चौलागाई रहेका छन् । यस्तै सहायक स्तर चौंथो तहका निशा थपाा, नगर प्रहरी सहायक निरीक्षक (पिएसओ) सुनिता बस्नेत, छैठौ स्तर तहका कर्मचारी सरस्वती तामाङ, कार्यालय सहयोगी सुजिता देवजन, पुनम लामा र सुर्जा बोगटी रहेका छन् ।

Leave a Reply