‘एमालेमा अब फलानो आउने रे ! भन्दै अर्को खेल हुन खोजेको छ, यस्ता हल्ला निस्तेज पारौं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभिन्न नेता वा समूहका नामका गुट स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

अनेरास्ववियुको २४औं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनको घोषणा नहुँदै फलानो आउने रे भनेर हल्ला चलाउने षड्यन्त्र भइरहेको बताए ।

ओलीले भने, ‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् । स्टाटस सिस्टाटसलाई जवाफ दिनुस् ।’

अध्यक्ष ओलीले पार्टीको कुरा बाहिर गएर फेसबुकबाट वा अन्तर्वार्ताबाट पार्टीलाई खुइल्याउने काम भए बाह्य हमलाको रुपमा लिएर जवाफ दिने बताए ।

उनले बाहिर गएर पार्टीमा ढुंगा हानेपछि आन्तरिक मामिला नहुने चेतावनी दिए । यस्ता कुरा सहँदा हैरान भएको भन्दै ओलीले भीम रावलले यसैगरी वर्षौंसम्म बाहिरबाट ढुंगा हानेको बताए ।

Comments

One response to “‘एमालेमा अब फलानो आउने रे ! भन्दै अर्को खेल हुन खोजेको छ, यस्ता हल्ला निस्तेज पारौं’”

  1. ksp pyl Avatar
    ksp pyl

    सहि कुरा । अझ कडारूपमा अराजकतालाई नियन्त्रण गर्नुपर्छ । अहिले पूर्व राष्ट्रपति अनावश्यक उचालिएको देख्दा पो उदेक लाग्छ । पद लोलुपता र अनैतिकताको पराकाष्ठा हो त्यो कुरा । संगीन घडीमा एमाले कमजोर बनाउन एउटा एउटा शिखण्डी खडा हुन्छन् । पहिले बामदेव, त्यसपछि माधव नेपाल र अब पूर्व राष्ट्रपतिको पालोजस्तो छ । निर्मम हुनुपर्छ अध्यक्षज्यू अहिलेदेखि नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *