आमाकाे स्मृतिमा भीमार्जुनले ल्याए नयाँ म्युजिक भिडिओ

काठमाडाैं । आमाकाे स्मृतिमा संविधानविद् डा. भीमार्जुन आचार्यले नयाँ म्युजिक भिडिओ ल्याएका छन् । अर्जुन मिलनको नाममा साहित्यिक र सांगीतिक सिर्जना गर्दै आएका आचार्यले आइतबार आमाको स्मृतिमा आफ्नै शब्द, संगीत र स्वर रहेको सम्झि रहे रातै भरि बोलको गीति भिडियो सामाजिक संचारमाध्यममा सार्वजनिक गरेका हुन् ।

अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिल र इमोशनबाट एउटा जीवन्त गीतको जन्म हुन्छ र त्यस्तो गीत नै आफैंमा गीत हुन्छ भन्ने मत राख्ने आचार्यका मौनताको शहर, सजिलो हुदैन जीवन, एउटा जीवन र अतीत गरी चार ओटा गीति एल्बम यस अघि सार्वजनिक भैसकेका छन् ।

सबैले देशबाट, हिमालका कुरा गर्यौ, हासो कता भाग्यो कुन्नी, ढिंडो भए हुन्छ मलाई, मौनताको शहरमा, कसरी भनू तिमीलाई, फेरि आज यो मनमा, जित्नेलाई मीठो जीवन, मानिसको जिन्दगी यो, एउटा जीवन हुँ म, एकान्तमा आँसु बन्दै, आफैसंग बिरानो म, जीवन हो लामो बाटो आदी उनका चर्चित गीतहरू हुन् ।

भिडिओ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *