काठमाडौं । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले एमालेको विधान अनुसार ७० वर्ष कटेपछि आफूले राजनीतिबाट सन्यास लिएको बताएका छन् ।
अनेरास्ववियुको २४ औं महाधिवेशन उद्घाटन समारोहमा पहिलो वक्ता रहेका सो संगठनका संस्थापकमध्येका अध्यक्ष मैनालीले एमालेको विधानका कारण आफू राजनीतिबाट सन्यासमा गएको जानकारी गराउँदा हलमा ताली र समर्थनको हुटिङ सुनिएको थियो ।
एमालेले हटाइसकेको विधानको सो व्यवस्था उदृत गर्दै मैनालीले आफू एमालेको सल्लाहकारका रुपमा भने रहेको बताए । उनले नेपालमा कम्युनिस्ट पार्टी सिध्याउने विदेशी एजेन्सीहरुको डिजाइन रहेको भन्दै वामपन्थी एकतामा जोड दिए ।
उनले अध्यक्ष ओलीलाई कम्युनिस्ट पार्टीको इतिहास जोगाउन सुझाव दिए । उनले समकालीन राजनीतिमा ओलीमा राष्ट्रभक्तिको अडान रहेको बताए ।

Leave a Reply