काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दमकबाट फर्किएका छन् । राजावादी आन्दोलन चलिरहँदा दमक पुगेका उनी आज दिउँसो जहाजबाट काठमाडौं आएका हुन् ।
राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ देखिको आन्दोलन सुरू हुनु केही दिनअघि ज्ञानेन्द्र कोमल, भतिजी शिताष्मासहित दमक पुगेका थिए ।

झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानमा उनीहरू बसेका थिए । हिमालय महालक्ष्मी चिया बगान पूर्वराजा ज्ञानेन्द्रको आफ्नै हो ।
उनले त्यहाँ रहँदा बस्दा राजावादीहरूसँग भेटेका थिए ।

Leave a Reply