काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कोशी प्रदेशको विराटनगरमा बृहत वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत वृक्षरोपणअन्तर्गत विश्वकर्मा चोक वडा नम्बर ८ मा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठमन्दिरहमा सहयोग गरेको छ ।
हालैमात्र विश्वको प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि पाउन सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।
साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रसबैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply