इला होटल्स एन्ड रिसोर्ट्सका होटलहरूमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरूमा पर्ने इला होटल्स एन्ड रिसोट्र्सबीच एससीटी-यूपीआई कार्डका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।

यस सम्झौतापश्चात यही जुन १ देखि डिसेम्बर ३१ सम्म बागलुङस्थित इला कमफर्ट र मौलाकालीस्थित इला होटेल्स एन्ड रिसोर्ट्समा एससीटी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड वेभेरेज बिल तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आएको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको एससीटीले जनाएको छ ।

एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्न बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *