राक्सिराङमा गुन्जिए कवि, पत्रकार तथा साहित्यकार एलन सम्मानित

हेटौंडा । देशका विभिन्न भागसहित भारतको सिक्किमबाट जम्मा भएका कवि मकवानपुरको राक्सिराङमा गुन्जिए । दोस्रो राक्सिराङ कला साहित्य महोत्सव २०८२ का अवसरमा उनीहरू त्यहाँ पुगेका हुन् ।

कार्यक्रममा त्यही जन्मिएका स्थापित पत्रकार तथा साहित्यकार रामकुमार एलन (रिजाल)लाई गाउँपालिकाले योगदानको कदर गर्दै सम्मान गरेको छ । नगद ५ हजारसहित गाउँपालिकाले एलनलाई सम्मान गरेको हो ।

राक्सिराङ गाउँपालिका र कम्युनिकेशन इण्डष्ट्रीले संयुक्त रुपमा गरेको कार्यक्रममा झापा, इलाम, डोल्पा, बारा, बाग्लुङ, चितवन, मकवानपुर, सिन्धुली, सल्यान, काठमाडौं, अछाम, धादिङसहितका जिल्लाबाट कविहरुको सहभागिता थियो ।

मदन पुरस्कार विजेता कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल, कवि एवं सार्वजनिक सेवा प्रशारण (पीएसबी)का सञ्चालक फुलमान बल, सिक्किमस्थित नेपाली भाषाकी अभियन्ता एवं कवि जीविका अश्रु, साहित्यकार कुमारी लामा कार्यक्रममा मुख्य आकर्षण थिए । अतिथि कविले आआफ्ना प्रस्तुति पेश गरे ।

त्यस अवसरमा मोहराज शर्मा, विवश बलिभद्र कोइराला, बाबुराम श्रेष्ठ, धीजन गुरागाईं, श्यामकुमार बानियाँ, प्रदीप वालाचन, डीबी बर्तौला, गोविन्द पौडेल, राजकुमार लामिछाने, मिथिला अधिकारीसहितको प्रस्तुति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *