आलोचनापछि तरुण दलको प्रस्टीकरण- संगठनको भवन बनाउन बजेट विनियोजन भएको होइन

काठमाडौं । नेपाली कांग्रेस निकट तरुण दलका अध्यक्ष विद्वान गुरुङले आफ्नो संगठनको भवन बनाउन नभई गणेशमान सिंह स्मृति भवन निर्माण गर्न ३ करोड विनियोजन भएको प्रस्टीकरण दिएका छन् ।

यसअघि गुरुङले तरुण तलको भवनको नाममा तीन करोड विनियोजन भएको भन्दै विज्ञप्ति निकालेका थिए । उनले पार्टी सभापति शेरबहादुर देउवा र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बजेट विनियोजन गरिएकोमा धन्यवादसमेत दिएका थिए ।

याे पनि पढ्नुस् : तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयबाट ३ करोड विनियोजन

तर राज्यकोषको पैसाले पार्टी संगठनको भवन बनाउन लागेको भन्दै चर्को आलोचना भएपछि उनले अर्को विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘युवाहरूको सशक्तीकरण, क्षमता विकास र सीपयुक्त तालिम सञ्चालनसहित नेतृत्व विकासका लागि सो भवनले योगदान पुग्ने विश्वास लिएका छौं । युवाहरूको हकहित, क्षमता विकास र प्रतिभा प्रवर्द्धनका लागि तरुण दलको आग्रहमा भवनका लागि बजेट विनियोजन भएको विषयलाई अन्यथा ढंगबाट गलत प्रचार नगरिदिनुहुन अनुरोध गर्दछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *