गभर्नरको विषयले गठबन्धनमा खतराको घण्टी बजिसकेको थियो: प्रकाशशरण महत (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने दाबी गरेका छन् । अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने, ‘हामीले व्यक्तिवादी हुन छाडेर बलियो हुने कोसिस गरौँ । खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौँ, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो । अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यहीअनुसार भएको छ, एमाले प्रतिस्पर्धी पार्टी हो । उहाँहरूको जस्तो सञ्जाल हाम्रो छैन ।’

प्रवक्ता महतले एमाले नेतृत्वको सरकार बनाएर कांग्रेसले सबै कुरा नसुम्पिएको दाबी गरे ।

उनले थपे, ‘केही कुरामा मलाई पनि चित्त दुखेको छ, तर गठबन्धनको बाध्यता छ । सबै हामीले भनेकोमात्रै हुँदैन, तर गभर्नरको विषयमा त सभापतिले भन्नुभयो नि ! यो कुरा मिलेन भने मिल्दैन भनेपछि बल्ल धेरै महिनापछि नियुक्ति भयो, सभापतिले यो कुरा मिलेन भने भन्दैन भन्नुभएकै हो । त्यसपछि खतराको घण्टी बज्यो भनेर निष्कर्षमा पुगेको हो । त्यसैले सबै छाडेको छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *