रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलिको जग्गा प्रकरणमा नमुछिएको दाबी गरेका छन् । उनले आफूहरूले कानून र अदालतको सम्मान गर्ने, तर अख्तियारले दाबी गरे जस्तो अनियमिततामा संलग्न नरहेको दाबी गरे ।
गृहनगर रूपन्देहीको तिलोत्तममा शनिबार पार्टी कार्यक्रममा बोल्दै महासचिव भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारले नै तामेलीमा राखिसकेको मुद्दालाई बदलाको भावनाले अगाडि बढाएको बताए ।
‘ओलीजी आफ्ना विरोधीलाई २०८४ सम्म सकाउन लाग्नुभएको छ, त्यही सिलसिलाका रूपमा पार्टी अध्यक्षमाथि बदलाको स्वरूप मुद्दा चलाइएको हो’, उनले भने ।
महासचिव भुसालले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि सरकारले प्रतिशोध साँधेको बताउँदै पार्टी अध्यक्षमाथि पनि त्यही नियति दोहोरिएको बताए ।
‘२०८४ सम्म एमाले र कांग्रेसका मात्रै उम्मेदवार हुने वातावरण बनाउन खोजिएको छ, त्यो पूरा हुँदैन’, उनले भने ।
उनले पार्टीमाथि भएको आक्रमणलाई चिर्नुपर्नेमा जोड दिँदै वर्तमान नेतृत्व असफल हुँदा मुलुकमा निराशा देखिएको बताए ।
महासचिव भुसालले वर्तमान सरकारकै कारण सडकमा पुनरुत्थानवादी शक्ति देखिएको, तर उनीहरु बलियो नभएको बताए ।

Leave a Reply