नेपाल दलित संघका २२ केन्द्रीय सदस्य केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत

काठमाडौं । नेपाली काग्रेस निकट नेपाल दलित संघका २२ केन्द्रीय सदस्य कार्यसम्पादन समितिमा मनोनीत भएका छन् । नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ केन्द्रीय सदस्य केन्द्रीय कार्यसम्पादन समितिमा मनोनीत भएका छन् ।

संघको विधानको अधिनमा रहेर संगठन विस्तार एवम् संघको गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न संघका अध्यक्ष लोकबहादुर बिश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै अनुरोध गरेका छन् ।

संघका केन्द्रीय सदस्य शम्भु हजारा दुसाद, मुक्तबहादुर महते, लोकेन्द्र विश्वकर्मा, रामवरण पासवान, मन्जित ताम्राकार, धनमान बराइली, भीमसेन दमाई, वीरबहादुर विक, हर्कबहादुर विश्कर्मा, गोपालबहादुर विश्वकर्मा, गोपालबहादुर विके र रामसुन्दर महरा मनोनीत भएका छन् ।

यस्तै शिव सुनार, धर्म नेपाली, बालकुमार विश्वकर्मा, केदार गहतराज, विष्णुभक्त बराइली, राजेन्द्र घताने, रुपा सुनार, सञ्जुसिंह विश्वकर्मा, प्रेम विश्वकर्मा, पवित्रा विश्वकर्मा र हरिहर परियार मनोनीत भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *