माधव नेपाल भन्छन्- पार्टी कमजोर भए कसैले मान सम्मान गर्दैनन्, विचार मिल्नेसँग सहकार्य गर्छौँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका नेता कार्यकर्तालाई विचार नमिले पनि कसैसँग शत्रुता नमोल्न आग्रह गरेका छन् ।

पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्तिप्रति पूर्वाग्रह राखेर बदलाको भावनामा नचल्न आग्रह गरे ।

 

उनले भने, ‘हाम्रो पार्टीको विचार सही छ । यही विचारलाई लिएर हामी क्रान्तिकारी आन्दोलन अगाडि बढाइरहेका छौँ । हामी कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति र विसङ्गतिलाई अन्त्य गर्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नाममा अनेक समूह छन्, जोसँग विचार मिल्छ, सहकार्य गर्न सकिन्छ, ऊसँग सहकार्य गर्दै अगाडि बढ्छौँ, तर अरूको आशा गरेर बस्दैनौँ । पार्टी बनाउनतिर लाग्छौँ । पार्टी कमजोर भयो भने हामीलाई कसैले वास्ता गर्दैनन्, मान र सम्मान गर्दैनन् ।’

नेता नेपालले पार्टी सङ्गठन विस्तारमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीसँग सल्लाह नगरी नेताहरूमा आफूखुसी चल्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई रोक्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *