पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।

पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको बताए ।

‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’

नेता नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको दाबी गरे ।

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ, हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

Comments

One response to “पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कार्यकर्ता भर्ती गरेकै छौ अदालतमा तिमेरूले , तिम्रै पक्षमा फैसला आइहाल्छ। लोभी बूडा लाइ सादगी नेता भन्छन् झोलेहरू। भारतिय राजदूतावासले दिने छात्रवृत्तीमा र्याल काढेर आफ्नी छोरूलाइ सित्तैमा डाक्टरी पढ्न पठाको थाहा पाएर पनि चुप लाग्छन् झोलेहरू, कति सोर्सफोर्स लगायो होला त्यसके लागी अनि कति नुनको सोझो गर्यो होला त्यसबापत माकुने ले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *