काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल तरुण दलको भवन बनाउनको लागि सहरी विकास मन्त्रालयले तीन करोड विनियोजन गरेको छ।
काठमाडौं महानगरपालिका १३ स्थित रवि भवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको हो।

मन्त्रालयबाट आर्थिक वर्षमा बहुवर्षिय योजना अन्तर्गत तीन करोड विनियोजन भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।
भवन निर्माणको लागि बजेट विनियोजन पहल गर्ने पार्टी सभापति शेरबहादुर देउवा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिँदै पत्रसहित फेसबुकमा अध्यक्ष गुरुङले नै सार्वजनिक गरेका छन्।
तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयबाट ३ करोड विनियोजन – Nepal Press
मन्त्री सिंह गणेशमान सिंहका छोरा हुन्। मितव्ययी बन्ने भन्दै सरकारले नयाँ आयोजनामा बजेट नदिने भनिरहेको बेलामा आफू मन्त्री भएको बेलामा बाबुको नाममा तरुण दलको भवन बनाउने भन्दै बजेट छुट्टाएका हुन्। यसअघि पनि तरुण दलले भवन बनाउने भन्दै करोडौँ आर्थिक सङ्कलन पनि गरिसकेका छ।


Leave a Reply