त्रिविको दरबन्दी सिफारिस प्रक्रिया पारदर्शी नभएको भन्दै प्राध्यापक संघहरूको विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा प्राध्यापक तथा सह प्राध्यापकहरूको दरबन्दी सिफारिसमा भएको असन्तोषको विषयमा विभिन्न प्राध्यापक संगठनहरूले आपत्ति जनाएका छन्। उनीहरूले यस्तो सिफारिसले शैक्षिक क्षेत्रको विकासमा प्रतिकूल असर पार्ने भन्दै तीव्र विरोध जनाएका छन्।

प्रेस वक्तव्यमार्फत नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, लोकतान्त्रिकको प्राध्यापक संघ लगायतका विभिन्न ६ संघसंस्थाले त्रिविको पछिल्लो दरबन्दी सिफारिस प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन्। उनीहरूले कतिपय संकाय र विभागहरूमा दरबन्दी वृद्धि नभएर उल्टै खारेज गरिनु गम्भीर र आपत्तिजनक कदम भएको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘वर्तमानमा व्यवस्था रहेको दरबन्दीको पिरामिडलाई बेवास्ता गरिएको छ । कुनै विषयमा बढुवाका निम्ति दरबन्दी सिफारिस गरिएको छैन भने कुनै विषयमा अत्यन्तै न्यून संख्यामा प्राध्यापक तथा सहप्राध्यापकको दरबन्दी सिफारिस गरिएको छ । तसर्थ यस किसिमको गैरजिम्मेवार कदमको हामी तीव्र निन्दा र भर्त्सना गर्दछौं ।’

व्यक्तिगत अभीष्ट पूरा गर्नकै लागि अत्यन्तै न्यून संख्यामा दरबन्दी सिफारिस हुने तथा कतै दरबन्दी नै सिफारिस नहुने देखिएकोले सम्पूर्ण विषयमा पिरामिडका आधारमा दरबन्दी थप गरिनुपर्ने उनीहरुकाे माग छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *