मदन भण्डारी फाउण्डेशन कैलालीको अध्यक्षमा जोशी

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मदन भण्डारी फाउण्डेशन कैलालीको चौथो जिल्ला सम्मेलनले रामचन्द्र जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

सम्मेलनले उपाध्यक्षमा रमेश बस्नेत, सचिवमा मिन बहादुर रावल र कोषाध्यक्षमा उर्मिला चौधरीलाई चयन गरेको हो।

कार्यसमितिका सदस्यहरूमा नेत्र बोहोरा, धिर्जा रावल, गणेश परियार, कमल प्रसाद खनाल, टेक चहादर बोहोरा, निर्मल चौधरी, जुद्ध बहादुर साउद, ज्ञानेन्द्र केसी, राधा कुमारी जोशी, हुकुम बोहोरा, चन्द लामीछाने, दान बहादुर विश्वकर्मा, शिवलाल राना, दयाराम पाध्याय, सरस्वती सिंह, राजकुमार घिमिरे, प्रेम भण्डारी, बल बहादुर थापा रहेका छन्।

फाउण्डेशनको प्रवक्तामा राजेन्द्र प्रसाद खनाल र सल्लाहकार संयोजकमा प्रतिमान चौलागाई चयन भएका छन्।

कार्यक्रमको उद्घाटन नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका थिए। कार्यक्रममा स्थायी कमिटी सदस्य कर्ण थापा, पार्टी केन्द्रीय सदस्यहरू हरिदेव जोशी, सन्तोष शर्मा थापा, महेश्वर पाठक, सहदेव बोगटी, अफिकाल ओखेडा, प्रदेश अध्यक्ष कृष्ण जैशी, सचिव रणबहादुर चन्द, कैलाली उपाध्यक्ष लोकेन्द्र शाही, सचिव ममता प्रसाद चौधरी, पूर्व जिल्ला सचिव डेजी पाण्डे लगायतको मन्तव्य राखेका थिए ।

नेकपा एमाले कैलाली पार्टी संस्थापक जोगीसिंह विष्ट, ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य प्रतिमान चौलागाई, मदन भण्डारी
फाउन्डेसन कैलालीका संस्थापक तथा दलित अगुवा भानसिंह विक र मदन भण्डारी फाउन्डेसन कैलालीका संस्थापक तथा पत्रकार वीरेन्द्र रावललाई सम्मान गरिएको थियो । लामो समयदेखि पार्टीमा सक्रिय भएर पार्टी निर्माणमा ठुलो भूमिका निर्वाह गरेकाहरू सम्मानित हुँदा आफ्नो योगदानको कदर भएको भन्दै मदन भण्डारी फाउन्डेसन कैलालीप्रति आभार प्रकट गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै एमाले सचिव लेखराज भट्टले पार्टी सुदृढीकरणमा फाउण्डेशनको भूमिका महत्वपूर्ण हुने बताए। ‘पार्टीभित्र घेराबन्दी भइरहेको छ, त्यसको प्रतिवाद गर्दै सरकारका राम्रा कामको प्रचार गर्नु आजको आवश्यकता हो,’ भट्टले भने।

स्थायी कमिटी सदस्य कर्ण थापाले जनताको बहुदलीय जनवादबारे प्रष्ट पार्दै मदन भण्डारीको विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

फाउण्डेशन प्रदेश इन्चार्ज हरिदेव जोशीले फाउण्डेशनका गतिविधि तथा भण्डारीको नीति बुझ्नुपर्ने आवश्यकता औंल्याए।

नवनिर्वाचित अध्यक्ष रामचन्द्र जोशीले पार्टीलाई अझ सशक्त र क्रियाशील बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘हामी सबैलाई समेट्दै आगामी निर्वाचनमा जीत सुनिश्चित गर्ने गरी काम गर्नेछौं। मदन भण्डारीको विचारलाई तलसम्म लैजाने हाम्रो मूल उद्देश्य हो,’ उनले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *