काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कानून व्यवसायीहरूसँग परामर्शमा जुटेका छन् । रौतहटबाट काठमाडौं फर्किएलगत्तै पार्टीका नेताहरूसँग छलफल गरेर कानून व्यवसायीहरूसँग परामर्श थालेका हुन् ।
छलफलमा कानून व्यवसायी शम्भु थापा र गोविन्द बन्दी छन् ।
अध्यक्ष नेपालमाथि पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अध्यक्ष नेपालसहित नेकपा एसका नेताहरुले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा प्रतिशोध राखेर आफूविरुद्ध मुद्दा दर्ता गरेको दाबी गर्दै आइरहेका छन् ।

Leave a Reply