संसदमा आज पनि विपक्षी दलको अवरोध, भोलिसम्मलाई बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन् ।

बैठक सुरू हुनासाथ विपक्षीले उठेर अवरोध गरे । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् ।

गृहमन्त्रीले पनि बोल्नको लागि समय मागेको भन्दै बैठक चलाएर सहयोग गर्न सभामुखले आग्रह गरे ।

विरोध कायमै राखेपछि सभामुखले भोलि १ बजेसम्मलाई बैठक स्थगित गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *