राजीनामाको माग स्थगित भइसक्यो, छानबिनको प्रतिबद्धतासहित सदन खोल्ने प्रयास हुँदैछ : राजेन्द्र पाण्डे (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने विपक्षीको एजेन्डा लगभग स्थगित भइसकेको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री सदनमा बोल्दा ०६४ यताको सबै छानबिन गर्ने प्रतिबद्धता जनाउनुपर्ने शर्त अघि सारेको बताए ।

उनले भने, ‘राजीनामा त लगभग स्थगित जस्तो भइसक्यो । सत्तापक्ष छानबिन गर्न मिल्दैन, अख्तियारले छानबिन गरिरहेको छ, यो बेलामा सकिन्न भनिरहेको छ । तर, गृहमन्त्रीले उत्तर दिने बेलामा प्रतिपक्षले उठाएका विषयमा गम्भीर हुनुपर्‍यो । अख्तियारले टुंगो लगाएपछि ०६४ यताकै सबै समग्र छानबिन गर्ने गरी जाऔँ भन्ने ढङ्गले कुरा चलिरहेको छ । आज अन्तिममा यस्तैमा टुङ्ग्याउने कोसिस भइरहेको छ ।’

उनले आज छलफल चलिरहेको भन्दै सम्भव भए आजै नभए भोलि गृहमन्त्रीको जवाफ आउने गरी सदन चल्नसक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *