बुटवल । आजदेखि बुटवलमा विदेशी प्रशिक्षकको साथमा अन्तर्राष्ट्रिय हेयर कलरिङ मास्टर क्लास सुरु हुन लागेको छ । कन्सेप्ट फाइबको आयोजनामा ब्राजिलबाट आएका प्रशिक्षकले हेयरकलरिङ मास्टर क्लास तालिममा देशभरका डेढ सय सहभागी रहेका छन् ।
कन्सेप्ट फाईबका अध्यक्ष सन्देश शर्मा भण्डारीले पहिलो पटक विदेशी प्रशिक्षक ल्याएर नेपालमा यस प्रकारको तालिमको सुरुवात गरेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा सैलुनहरूमा नयाँ प्रविधि आइरहेको बताउँदै अन्तर्राष्ट्रिय मापदण्डका स्किल प्रदान गर्ने गरी तालिम आयोजना गरिएको जनाए ।
उनले यही पेसा गरिरहेका तथा बेसिक जानकारी भएका व्युटिसियन तथा सैलुन सञ्चालकहरूलाई तालिम प्रदान गरिने भएको र यसको भविष्यसमेत राम्रो भएको बताए । ‘नेपालमै पनि यसको बजार राम्रो बनेको छ, यहाँबाट यस्तो तालिम लिएर बाहिर गएकाहरूले पनि राम्रो व्यवसाय गर्न पाउने अवस्था छ, यो सम्मानजनक व्यवसाय, कम लगानीको व्यवसाय हो र मुनाफा पनि राम्रो छ, त्यही सोचेर नेपालीहरूको सीप अभिवृद्धिका लागि यो अभियान सुरु गरेको हुँ’ उनले भने ।
ब्राजिलबाट आएका प्रशिक्षक उबेर लिमाले ३० वर्षको अनुभवको आधारमा अन्तर्राष्ट्रिय मान्यताअनुसार सीप प्रदान गर्ने उनको भनाइ छ । ’विदेश जाँदा सीप सिकेर जाँदा राम्रो आम्दानी गर्न सक्ने भएकोले यो तालिम प्रभावकारी हुनेछ, यस्तै तालिम लिन विदेशमा पुगेर लिँदा ठुलो रकम खर्च हुने अवस्था छ तर बुटवलमा नै तालिम हुँदा थोरै खर्चमा सीप सिक्न पाइने छ ।
सैलुन भएका ट्रेनिङ चलाइरहेकालाई सीपलाई सिकेर अन्तर्राष्ट्रियकरण गर्ने गरी सहभागी शुल्क १५ हजार रुपैयाँ प्रतिव्यक्ति राखिएको छ’ उनले भने । ६ दिनमा ३० घण्टा हुने तालिममा सहभागीले लाइभ प्राक्टिस गर्न पाउने अध्यक्ष भण्डारीले जानकारी दिए । तालिममा मास्टर डिएगोले दोभासेको काम गर्नेछन् भने सीता क्षेत्री, मिरा श्रेष्ठ र बिन्दु खनालले सहयोग गरेका छन् ।

Leave a Reply