भ्रष्टाचार मुद्दापछि माधवको प्रतिक्रिया- ओली बदलाको भावनाबाट चल्छन्, मेरो राजनीति सक्न चाहन्छन् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गएको दाबी गरेका छन् ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा ओली बदलाको भावनाले चलेको प्रतिक्रिया दिए ।

उनले भने, ुकेपी ओलीको निर्देशनमा मुद्दा दर्ता भएको हो । उहाँ मेरो विरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि यस्तै किसिमले पटक पटक कोसिस गर्नुभएकै हो । उहाँ बदलाको भावनाबाट चल्नुहुन्छ ।

उनले आफूले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम पनि नभएको प्रष्ट्याए ।

 

Comments

3 responses to “भ्रष्टाचार मुद्दापछि माधवको प्रतिक्रिया- ओली बदलाको भावनाबाट चल्छन्, मेरो राजनीति सक्न चाहन्छन् (भिडिओ)”

  1. RK Avatar
    RK

    अब एक्लै फत्फताएर के गर्नु ! ठाउमा गएर वयान गर्नु पर्ला !

  2. ksp pyl Avatar
    ksp pyl

    अख्तियारले देशको नियम कानून भित्र रहेर गरेको कामलाई पनि ओलिसँग लगेर जोडने मानसिकता नै खराब मानसिकता हो । नमिल्ने जग्गा बेच्न किन दबाब दिएको त ?

  3. Janak Chaudhary Avatar
    Janak Chaudhary

    अख्तियारले गरेको छानबिनमा प्रतिकृया वा चुनाैती दिने की प्रधानमन्त्रीलाइ गाली गर्ने हो ? बुझ्न नसकेको कुरा भयो यो । यदि निर्दोष सावित गर्न सक्ने ठाउँ भने त अख्तियारलाइ प्रमाणित गर्न चुनाैती दिदाँ नै राम्रो होला होइन र ? मैले नुबुझेर सार्वजनिक माध्यममा सोधेको हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *