बजेटबाट ‘टेक एण्ड पे’ नहटाइए विद्युत उत्पादन बन्द गर्ने इप्पानको चेतावनी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को माग सम्बोधन नभए निजी क्षेत्रले उत्पादन गरिरहेको विद्युत् उत्पादन बन्द गर्ने बताएका छन् ।

नयाँ बजेटमा रन अफ रिभर आयोजनाको टेक एण्ड पे अवधारण अनुसार विद्युत् खरिद बिक्री सम्झौता गरिने विषय समावेश भएकाले त्यो विषय नसच्याए विद्युत् उत्पादन नै बन्द गर्ने इप्पानले बताएको हो । आज काठमाडौंमा इप्पानले कार्यक्रम गरेर ऊर्जा उत्पादकहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले राज्यले ऊर्जा उत्पादकको कुरा नसुने विद्युत् उत्पादन नै बन्दा गर्ने बताए ।

उनले भने, ‘अब सरकारले हामीलाई लगानी नगरे हुन्छ भन्ने व्यवहार गर्‍यो । आईपीओका लागि त्रितोपत्र बोर्ड गएको फाइल पनि रोकिएको छ । भने अहिले बजेटमा नै टेक एण्ड पे भनेर आएको छ । ऊर्जा मन्त्रीले मैले टेक एण्ड पे ल्याएको होइन भनेका छन् । अब यो बजेको व्यवस्थाले हाम्रो सबै काम रोकिन्छ । नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने तयारीमा रहेका विदेश लगानी कर्ताहरुले नेपालमा के भएको हो भनेर सोध्न थालेका छन् ।

सरकारले नै लगानी गर भनेर पछि ऊर्जा उद्योगीलाई भाग्नु पर्ने अवस्था राज्यले नै सिर्जना गरेको छ । हामी त्यसै भाग्ने छैनौं । हामीले उत्पादन गरिरहेको विद्युत् घरमा बसेर नै बन्द गरेर माग्ने छौँ । विद्युत् प्राधिकरणले विद्युत् नकिन्ने हो भने हामीलाई विदेशमा विद्युत् व्यापार गर्न दिएको भए हुने थियो । अब कुनै पनि आयोजनाको अब पीपीए हुँदैन । हामी घरमा बसेर पावर हाउस बन्द गरिन्दिन्छौ । हामी मर्नु पर्छ भने त्यसै मर्दैनौ ।’

ऊर्जा उत्पादक आत्माराम घिमिरे जिनी क्षेत्रको समस्या समाधान गर्नका लागि उत्पादकहरुले विद्युत् उत्पादन नै रोक्नु पर्ने बताए । उनले भने, ‘राज्यले हाम्रो कुरा सजिलै सुन्दैन भने हामी विद्युत् उत्पादन बन्द गर्न तर्फ लाग्नु पर्छ । पहिलो लगानी गर भन्ने अहिले उत्पादन भएपछि विद्युत् किन्दिन भन्न मिल्छ । त्यसैले निजी क्षेत्रले उत्पादन नै बन्द गरौँ ।’

अर्का ऊर्जा उत्पादक विनोद देवकोटाले अब प्राधिकरण वा ऊर्जा मन्त्रालय मध्ये कहाँ ऊर्जा उत्पादकले घेर्नु पर्ने हो त्यहाँ घरौं । कि मन्त्रीले टेक एण्ड पे मैले ल्याएको हो भनेर भन्नु पर्‍यो । होइन भने ऊर्जा मन्त्री नै अगाडी सरेर आन्दोलनमा जानु पर्ने उनको तर्क थियो ।

ऊर्जा उत्पादक गोरे शेर्पाले मन्त्रीले थाहा छैन भनेर भन्न नमिल्ने बताए । उनले भने, ‘अब सरकारले विद्युत् बिक्री गर्न नसक्ने भएछ । अब कि मन्त्रीले राजीनामा दिनु पर्‍यो, कि इप्पानसगै हिड्नु पर्‍यो । पिक आवार बत्ती उत्पादन बन्द गरेर यो सरकारलाई सबक सिकाउनु पर्ने अवस्था आएको छ । हामी अब त्यसका लागि तयारी गरौँ ।’

इप्पानका उपमहासचिव प्रकाश दुलाल नयाँ बजेटमा टेक एण्ड पे यो योजनाबद्ध रुपमा आएको बताए । उनले भने, ‘हाम्रा केही साथीहरुलाई बजेटमा समावेस हुनुभन्दा पहिले सोधेको थियो ।ती साथिले कस्तो सुझाव दिएको हो ? अब राज्यले ऊर्जा क्षेत्र सिद्ध्याउन लागेको छ । हामीले अहिले प्रेसर दिनु पर्‍यो । विद्युत् विधेयक पास हुनसाथ ऊर्जा क्षेत्र आफै सकिन्छ । त्यसका लागि हामीले अहिलेले सोच्ने बेला आएको छ ।’

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणले अहिले निजी क्षेत्रसँग करिब १ हजार मेगावाट विद्युत् किनी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *