प्रधानमन्त्री भएर भ्रष्टाचार मुद्दा खेप्ने दोस्रो नेता बने माधव नेपाल, देउवा पनि परेका थिए जेल

काठमाडौं । विश्वभर पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा लाग्नु र जेल हाल्नु सामान्य प्रचलन हो । उदाहरणको लागि सन् २०२५ फेब्रअरीमा मौरिससका प्रधानमन्त्री प्रविण कुमार जुगनाथ जेलमा पुगे । पाकिस्तानका पूर्वप्रधानमन्त्रीहरुको यो खालको सूची लामै छ ।

जसका पछिल्ला उदाहरण हुन् इमरान खान । सन् २०२४ मा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजक थुनिएका थिए । पछिल्ला वर्षहरुमा फिजी, कंगो, क्रोएसिया, स्लोभेनिया, अल्जेरिया लगायतका देशका प्रधानमन्त्रीहरु पनि भ्रष्टाचार मुद्दामा परेका छन् ।

नेपालमा लोकतान्त्रिक व्यवस्था हुँदा यस्ता मुद्दा परेका थिएनन् । राजाको शासन कालमा भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जेल परेका थिए । मेलम्चीको भ्रष्टाचारको मुद्दामा उनलाई जेल चलान गरिएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको हालिमुहाली भएको समयमा शेरबहादुर देउवालाई २०६२ साउन ११ गते दुई वर्ष जेल चलान गरिएको थियो । देउवासँगै जेल जानेमा अहिलेका उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि थिए । उनीहरु सात महिनापछि रिहा भएका थिए ।

राजतन्त्र पछिका सरकारहरुले विभिन्न प्रधानमन्त्री पदमा पुगेका अनुुसारहरुलाई भ्रष्टाचारको मुद्दाका आरोप लाएका थिए । जस्तो प्रचण्डलाई क्यान्टेनमेन्टको आरोप लगाउने एमाले र कांग्रेसका नेताहरु थिए । तर उनीहरुको सरकारमा त्यो मुद्दा प्रचण्डलाई लगाइएन ।

नेकपा सरकार हुँदा ओलीलाई यति र ओम्नी अनि खोपमा भ्रष्टाचारको दाग लगाउने माधव नेपाल, माओवादी र कांग्रेस थिए । तर यी तीनै पक्षको सरकार भए पनि मुद्दा दर्ता भएन । आज माधव नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालेको भ्रष्टाचार मुद्दाले भने नयाँ रेकर्ड बनाएको छ ।

लोकतन्त्रमा भ्रष्टाचारको मुद्दा खेप्ने प्रथम प्रधानमन्त्रीको नाममा नेपाल आउने भएका छन् । उनको सदनबाट निलम्बन हुने मुद्दामा पनि रेकर्ड बनेको छ । अहिले २७५ सदस्य प्रतिनिधिसभामा ५ गयल छन् । चार निलम्बित अनुहारहरुमा एक पूर्वमन्त्री मोहनबहादुर बस्नेत, दुई पूर्वउपप्रधानमन्त्रीमा क्रमशः रवि लामिछाने अनि टोपबहादुर रायमाझी र माधव नेपाल पूर्वप्रधानमन्त्री छन् ।

यस अगाडि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा अख्तियारले लाउडा जहाज खरिद प्रकरणमा सचेत मात्रै गराएको थियो । ललिता निवास प्रकरणमा माधब नेपाल र बाबुराम भट्टराईको बयान सीआईबीले घरमै गएर लिएको थियो ।

नेपालका प्रधानमन्त्रीहरुमा माथवरसिंह थापा, भीमसेन थापा र रणेदिप सिंह कुर्सीमै हुँदा मारिएका उदाहरण छन् । पूर्व इतिहासमा हत्या भएका र शाही कालमा मुद्दा खेपेका उदाहरण थिए । तर लोकतन्त्रमा पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा परेको भने माधव नेपाललाई नै पहिलो हो ।

यसअघि मन्त्रिपरिष्पादका निर्णयमा अख्तियारले मुद्दा लगाउन नपाइने आधारमा प्रधानमन्त्रीले उन्मुक्ति पाउँदै आएका थिए ।

 

Comments

One response to “प्रधानमन्त्री भएर भ्रष्टाचार मुद्दा खेप्ने दोस्रो नेता बने माधव नेपाल, देउवा पनि परेका थिए जेल”

  1. Devendra Gautam Avatar
    Devendra Gautam

    अहिलेका सभामुख, राष्ट्रपति, प्रधानमन्त्री, नेकाका अध्यक्ष आदिलाई महाकाली लगायत दुरभिसन्धि गरी राष्टघात गरेकाले मुद्दा चलाउन सकिने प्रशस्त आधारहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *