काठमाडौं । भ्रष्टाचारको मुद्दा दर्ता भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौरबाट काठमाडौं फर्किँदैछन् ।
पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
यो मुद्दा दर्ता हुँदा अध्यक्ष नेपाल गृहजिल्ला रौतहटमै थिए । उनी अहिले काठमाडौं फर्किन लागेको सम्मानित नेता झलनाथ खनालले बताए । उनी पार्टीको कार्यक्रमका लागि गौर पुगेका थिए ।
मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद पनि निलम्बन भइसकेको छ ।

Leave a Reply